Showing posts with label constituent assembly. Show all posts
Showing posts with label constituent assembly. Show all posts

Saturday, August 15, 2015

Dalit Liberation का उपाय

संविधान मा अहिले सम्म भएका समझौता सहमति कार्यान्वयन हुनै पर्छ। मधेसी जनजाति ३०० वर्ष को विभेद भन्छन। दलित ३००० वर्ष को।  महिला ले चाहिँ १०,००० वर्ष भन्नु पर्ला। एक पटक प्रत्येक दलित लाई खोजी खोजी जग्गा र नागरिकता दिनुपर्ने हुन्छ। आरक्षण ले मात्र पुग्दैन। Reparation पनि चाहियो। अझ क्षमायाचना। देश को नाम मा प्रधान मंत्री अथवा राष्ट्रपति ले क्षमायाचना गरे हुन्छ। समानुपातिक समावेशी बारे सहमति भएका छन। तिन लाई लागु गर्दिन भन्ने कुरा आउँदैन। पाकेटमार ले पुलिस प्रशासन म मान्दिन भन्ने कुरा आउँछ?

तर यति सब गरे पछि दलित समुदाय ले सामूहिक रुपमा अम्बेडकर जुन निष्कर्ष मा पुगे त्यहाँ पुग्नु पर्छ। दलित को हिन्दु धर्म भित्र मुक्ति संभव नै छैन भन्दै उनी बुद्धिस्ट बने। क्रिश्चियन बन, मुसलमान बन, धर्म जेसुकै होस् --- तर ४० लाख दलित समस्त  सामुहिक धर्म परिवर्तन र last name परिवर्तन गर। बाजे हरुको mindset change हुने संभावना छैन। आफैले जिम्मेवारिबोध गर्ने। दलित मुक्ति को जिम्मेवारी बाजे हरु को होइन दलित को हो भन्दै सामुहिक धर्म परिवर्तन र last name परिवर्तन गर्ने अभियान चलाउने। अर्को उपाय छैन। खुद अम्बेडकर ले भनेको। म कुन डयांग को मुला परें?

मुसलमान बन्ने भए सलमान खान, शाहरुख़ खान, अमीर खान जस्ता नाम रोजी रोजी राख्न पाइयो। अझ इरफ़ान खान। युसुफ खान। दलित सलित गोली मार।



पाँचै माओवादी एकै ठाउँ हुँदै
कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, ड्यास माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’, नेकपा (माओवादी) अध्यक्ष मातृका यादव, नेकपा माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापा लगायतका नेताहरुको विशेष उपस्थिति र सहभागिता रहनेछ ।
चार दलका शीर्ष नेताहरु शितल निवासमा
रात्रि खाना सहितको राष्ट्रपतिको निम्तोमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराई र फोरम लोतान्त्रिकका अध्यक्ष विजय गच्छदार शितल निवास पुगेका हुन् ।


राजेश हमाल भन्छन्,‘...उसो भए हामी सबै दलित’
‘मलाई स्टार बनाउने काम मजदुर र गरिब कमजोर वर्गले गरेको हो ।’ ..... ‘त्यहाँ दलितमाथि मात्रै विभेद भएको थिएन, विभेद गर्नेहरु पनि कुसंस्कारबाट पीडित थिए,’ उनले भने ‘संकृण मानसिकताबाट समाज नै सिकार भएको छ ।’ .......

दलित हुनुको कारणका रुपमा प्राय: गरिबी, अशिक्ष र अज्ञानलाई देखाइन्छ । यी तीन पक्षलाई दलित हुनुको कारण मान्ने हो भने सबै नेपाली दलित भएको धारणा उनी राख्छन् ।

‘देश गरिब छ, मागेर पालिनु परेको छ, पहिचान गुमेको छ, पार्सपोर्ट पाउनुमा विभेद छ, शिक्षा, रोजगार सबैमा हाम्रो देश पछि छ,’ राजेशले हाँस्दै भने, ‘उसो भए हामी सबै दलित ।’ ...... राजेशको कुनै फिल्मको दलितको घरमा सुटिङ भइरहेको थियो । मानिसबाट टाढैबाट सुटिङ हेरिरहेका थिए, फोटो खिचिरहेका थिए । घरसम्म कोही आएका थिएनन् । अर्को दृश्य घरभित्रको थियो । राजेशसहित पूरै युनिट घरभित्र छिर्‍यो । त्यसपछि विस्तारै सुटिङ हेर्ने र फोटो खिच्नेहरु पनि घरभित्रै आए । ‘फोटो खिच्ने धुनमा दलितको घर भनि उनीहरुले बिर्सिए,’ राजेशले भने, ‘त्यो स्वार्थ होइन त ?’
दलित दृष्टिमा पुनःनिर्माण “प्रोजेक्ट” : न अधिकार, नत पहुँच नै !